पक्राउ परेकालाई रिहाइ गर्न माग गर्दै सुकुम्वासीहरूको प्रदर्शन (तस्बिरहरू)
२०७९ फागुन २८ गते
काठमाडौँ । थापाथली सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका प्रहरीसँग भएको झडपका क्रममा सांघातिक आक्रमण गर्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको विरोधमा आज (आइतबार) सुकुम्वासीहरूले पुन माइतीघरमा प्रदर्शन गरेका छन् ।
सुकुम्वासी बस्तीमा भएको झडपमा घरेलु हतियारले महानगरका प्रहरीमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध महानगरले किटानी जाहेरी दिएपछि उनीहरूमाथि पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले फागुन १८ बिहीबार नारायण परिश्रमीसहित दुई जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको विरोधमा आज पनि उनीहरूले प्रदर्शन गरेका हुन् ।
सुकुम्वासीहरू नियमित जस्तै प्रदर्शनमा उत्रिँदै आएका छन् । प्रदर्शनकारीले माइतीघरमा भेला भई नाराबाजी गर्दै नयाँ बानेश्वर सम्म पुगेर कोणसभा गरेका थिए ।
तस्बिरहरू:-
२०७९ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित