म मन्त्री बन्दिनँ, सरकारलाई सफल बनाउन लाग्छु : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने लाइनमा नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘वर्तमान सरकारका आर्थिक प्राथमिकता र समसामयिक राजनीति’ विषयक अन्तक्रिया कार्यक्रममा उनले आफू मन्त्री बन्ने लाइनमा नरहेको बताएका हुन् ।

‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको हो। मैले सबै कामहरु नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो। सांसद भएर काम गर्ने हो,’ थापाले भने, ‘न म अहिले मन्त्री बन्ने हो, न बन्न मिल्छ, न म बन्दै छु पनि।’

उनले आफू सांसद भएकोले संसदबाट सरकारलाई सफल बनाउन भूमिका खेल्ने बताए ।

‘मैले नेपाली कांग्रेस सरकारमा रहिरहेको बेलामा सफल बनाउने हो,’ थापाले भने, ‘तर, सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ। नाप्नु हुँदैन भन्ने ठान्छु । परिणाम के दियो भन्ने आधारमा हेर्ने हो।’

उनले वर्तमान सरकारले परिणममुखी काम गर्न नसके ५ वर्ष खेर जाने बताए ।

‘यो गभर्मेन्टले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ,’ उनले भने, ‘५ वर्षमा के परिणाम दियौँ र के दिएनौँ भन्ने कुरा महत्वपूर्ण हो । त्यो परिणाम दिने बाटोमा यो गठबन्धन सरकार लाग्नुपर्छ। नभए अर्को ५ वर्ष देशको खेर जान्छ। त्यो देशको खेर जानु भनेको तपाईंको, मेरो खेर जानु हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *