पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

पोखरा । आजदेखि पोखरा मुग्लिन सडकअन्तर्गत विमलनगरदेखि घाँसिकुवा सम्मको खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । १५ दिनसम्म हरेक दिन ४ घण्टा सडक बन्द गरेर निर्माणको काम हुने आयोजनाले जनाएको छ । अहिले पोखरादेखि मुग्लिनसम्मको सडक विस्तार भइरहेको छ ।

पहिलो चरणमा फागुन १८ गतेदेखि आजसम्म सडक बन्द गरिएको थियो । काम नसकिएकोले अझै १५ दिन थप्ने निर्णय भएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सँधै राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ । यो अवधिमा सवारी साधन पूर्णतः बन्द गरिने छ ।

त्यस क्षेत्रमा भिर काट्ने काम धमाधम भइरहेको छ । दुवै खण्डको निर्माण प्रगति भने निकै सुस्त छ । हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *