सर्वोच्च अदालत अगाडिबाट बिनु यादव पक्राउ (तस्बिरहरू)
काठमाडौँ। आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी विनु यादव पक्राउ परेकी छन्। मंगलबार सर्वोच्च अदालतअगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
रामेछापका प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन्। तर, अदालतका न्यायाधीशले घुस लिएर आफूले पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने फैसला गरिएको भन्दै उनी त्यसको विरोधमा उत्रिएकी हुन्।
विरोध स्वरुप यादव र उनका सहयोगीले सर्वोच्च अगाडि पुत्ला दहन गर्न खोजेपछि उनीहरुले प्रहरीले पक्राउ गरेको हो । यादव र विद्यार्थी नेत्रृ जश्मिन ओझासहित ४ जनालाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबार राखिएको प्रहरीले जनाएको छ।
यसअघि पनि विरोध प्रर्दशनका क्रममा यादव पटक पटक पक्राउ पर्दै आएका थिइन्।
तस्बिरहरु