काकाकुल क्षेत्रमा ट्यांकी वितरण
विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिकाका सर्वसाधारणलाई ट्यांकी वितरण गरिएको छ । फेदाप गाउँपालिका वडा नम्बर ५ मा इसिबुमा निःशुल्क खानेपानीको ट्यांकी वितरण गरिएको हो ।
चालु आर्थिक वर्ष २०८९/०८० को बजेट तथा कार्यक्रमबाट निःशुल्क खानेपानीको ट्यांकी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वडाले छुट्याएको एक लाख बजेटबाट वडाका नागरिकलाई निःशुल्क ट्यांकी वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए ।
फेदाप गाउँपालिका वडा नम्बर ५ स्थित सुख्खा क्षेत्रका १८ घर परिवारलाई निःशुल्क प्लास्टिकको ट्यांकी वितरण गरिएको तिमल्सिनाले बताए । उनले ५ सय लिटरका १८ वटा ड्रम वितरण गरिएको जानकारी दिए ।
सुख्खा क्षेत्रका नागरिकलाई खानेपानी जोहो गरी आवश्यकता अनुसार प्रयोग गर्न सहयोग पुगोस् भनेर खानेपानी ट्यांकी (प्लास्टिक ड्रम) वितरण गरिएको उनको भनाई छ ।