मन्त्री र कर्मचारीको अति आवश्यकबाहेकका विदेश भ्रमणमा रोक
काठमाडौँ । सरकारले मन्त्री र कर्मचारीको अत्यावश्यकबाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका मन्त्री, उच्च पदस्थ र कर्मचारीले गर्ने विदेश भ्रमणले फजुल खर्च बढेकोले त्यसको निर्णयका लागि सरकारले यस्तो निर्णय गरेको उनले बताइन् ।
त्यस्तै, मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णयलाई पनि गरेको छ ।
यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने, पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।