मुख्यमन्त्री हिक्मत कार्कीको प्रेस सल्लाहाकारमा महेन्द्र विष्ट
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रेस सल्लाहकारमा पत्रकार महेन्द्र विष्ट नियुक्त भएका छन् । लामो समयदेखि पत्रकारिता पेशामा रहेका विष्ट गोरखापत्र दैनिकमा कार्यरत रहेका थिए । पत्रकार विष्टले आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् ।
२०५२ सालदेखि निरन्तर पत्रकारिता पेशामा रहेका विष्ट प्रादेशिक सञ्चार प्रतिष्ठानको बोर्ड सदस्य, गोरखापत्र दैनिकको तत्कालिन प्रदेश १ संयोजक, प्रेस चौतारी नेपालको पूर्व केन्द्रीय सदस्य भईसकेका छन् । उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आंशिक प्रशिक्षकको रुपमा आमसञ्चार विषयमा प्राध्यापनरत रहेका छन् ।
पत्रकार विष्टलाई मुख्यमन्त्री कार्कीले नेपाल सरकारको उपसचिव सो सरह सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको प्रेस सल्लाहकारको लागि आधा दर्जन पत्रकारहरु दौडमा थिए । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सचिवालयले लामो समयदेखि पूर्णता पाउन सकेको थिएन ।