अब वैदेशिक रोजगारीमा जानेलाई रोजगार अवधिकै आधारमा श्रम स्वीकृति दिइने

काठमाडौँ । सरकारले खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीलाई प्रदान गर्दै आएको दुई वर्ष म्याद हुने श्रम स्वीकृतिको प्रावधान हटाएको छ । त्यसको सट्टा गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति वा रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारमा सोही अवधि तोकेर श्रम स्वीकृति दिने निर्णय भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार हाल खाडीका मुलुकमा रोजगारीका लागि जाने गरेका श्रमिकलाई दुई बर्षको मात्र श्रम स्वीकृति दिँदा यसले श्रमिकलाई अप्ठ्यारोमा पारेको निश्कर्षका आधारमा यस्तो निर्णय गरिएको हो ।

दुई वर्षको मात्र श्रम स्वीकृति दिंदा त्यहि श्रम स्वीकृति नवीकरण गर्न बीचमा स्वदेश फर्किनु पर्ने, विदेशमा बस्दा पनि स्वदेश फर्किन नपाएमा श्रम स्वीकृतिको म्याद सकिइ नेपालको कानुनअनुसार बसाइँ अवैधानिक हुने समस्या रहँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *