उपराष्ट्रपति निर्वाचनबारे १० दलको छलफल सकारात्मक, भोलि निर्णय लिइने
मकालु खबर
२०७९ चैत १ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले राष्ट्रपति निर्वाचनबारे सहमति जुटाउन भएको १० दलको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझबाट सुरु भएको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘विशेषतः राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा सहमति जुटाउन भएको १० दलको छलफल सकारात्मक भएको छ,’ उनले भने, ‘भोलि यो विषयमा बसेर अन्तिम धारणा निर्माण गर्ने कुरा भएको छ ।’
प्रधानमन्त्रीले विश्वासको मत लिने, मन्त्रिपरिषद्को विस्तार गर्ने जस्ता बाँकी विषयमा पनि सकारात्मक छलफल भएको उनले बताए ।
१० दलले उराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई साझा उम्मेदवारको रुपमा अघि सारेका छन् ।
मकालु खबर
२०७९ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित