‘आर्ट काउन्सिल’मा रागिनीको चित्रकला प्रदर्शनी (तस्बिरहरू)
२०७९ चैत २ गते
काठमाडौँ । कलाकार रागिनी उपाध्यायले आफ्नो कलाकारिता जीवनको ४५ वर्षे यात्रामा कोरेका चित्रहरू प्रदर्शनीमा राखिएकाे छ । सिद्धार्थ आर्ट ग्यालरीले उपाध्यायका चित्रहरू प्रदर्शनीमा राखेकाे हाे ।
काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा उपाध्यायले हालसम्म काेरेका चित्रहरू प्रदर्शनीमा राखेकी हुन् । सन् १९७८ मा लखनउ कलेज अफ आर्टमा विद्यार्थी हुदाँदेखि उपाध्यायले काेरेका हालसम्मका उत्कृष्ट चित्राकला प्रदर्शनीमा राखिएकाे छ ।
प्रदर्शनीमा करिब ४०० वटा चित्रकला राखिएको छ। चित्रकलाको मूल्य न्यूनतम २२ हजारदेखि अधिकतम ६० लाखसम्म तोकिएको आयोजकले बताएको छ ।
तस्बिरहरू
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित