उपराष्ट्रपति निर्वाचन : १ बजेसम्ममा खस्यो ७२३ मत

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत शुक्रबार भइरहेको मतदान कार्यक्रममा दिउँसो १ बजेसम्ममा ७२३ मत खसेको छ ।

यो अवधिसम्ममा संघीय संसदअन्तर्गतका ३३२ सांसद मध्ये २५० सांसदले मत हालिसकेका छन् । त्यस्तै, प्रदेश सभाअन्तर्गतका ५५० सांसद मध्ये ४७३ सांसदले मतदान गरिसकेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म चल्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *