उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू हुँदै
मकालु खबर
२०७९ चैत ३ गते
काठमाडौँ । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतगणना सुरु हुन लागेको छ ।
उपराष्ट्रपति चयनका लािग शुक्रबार बिहान १० बजेबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको मतदान कार्यक्रम दिउँसो ३ बजे सकिएको थियो ।
मतगणना सकिएपछि नवनिर्वाचित उपराष्ट्रपतिलाई शुक्रबार नै उपराष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र दिइने छ ।
निर्वाचनमा सक्रा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा रामसहायप्रसाद यादव छन् । त्यस्तै, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य छिन् । जनमत पार्टीकी ममता झा पनि उम्मेद्वार छिन् । जसपाबाट उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादव उम्मेदवार रहे पनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै जसपाकै रामसहायलाई समर्थन गरेकी छन् ।
मकालु खबर
२०७९ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित