उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
मकालु खबर
२०७९ चैत ३ गते
काठमाडौँ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार रहेका यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
शुक्रबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार यादवले प्रदेशसभातर्फबाट १८४ सांसदबाट १४,५३६ मतभार पाएका छन् । त्यस्तै, त्यस्तै, संघीय संसदतर्फ ३२९ सांसदबाट १५,७९२ मतभार पाएका छन् । यादवले कुल ३० हजार ३२८ मतभार पाएका छन् ।
यस्तो छ मत परिणाम
१. रामसहाय प्रसाद यादव
- संघ – १८४ ×७९= १४,५३६
- प्रदेश – ३२९ ×४८= १५,७९२
जम्मा – ३०,३२८ (निर्वाचित)
२. अष्टलक्ष्मी शाक्य
- संघ – १०४ ×७९= ८,२१६
- प्रदेश- १६९ ×४८= ८,११२
जम्मा – १६,३२८
३. ममता झा
- संघ – २३ ×७९= १,८१७
- प्रदेश- १५ ×४८= ७२०
जम्मा – २५३७
४. प्रमिला कुमारी
- संघ – ०×७९=०
- प्रदेश- १ ×४८= ४८
मकालु खबर
२०७९ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित