संसद बैठकमा सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पेश हुँदै
काठमाडौँ । संसद बैठकमा १० वर्षे माओवादी द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ ला संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची तय भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त कार्यसूची पेश गर्ने कार्यक्रम छ । शनिबार बसेको १० दलीय बैठकले उक्त विधेयक संसदमा पेश गर्ने निर्णय गरेपछि संसद सचिवालयले उक्त विधेयेक पेश गर्ने कार्यलाई आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश गरेको छ । सरकारले २५ फागुनमा उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
खास गरी द्वन्द्वकालीन मुद्दामा न्याय माग्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुन थालेपछि माओवादी केन्द्रले उक्त ऐन संशोधन गरी संक्रमणकालीन न्याय सम्पादन र मुद्दालाई आयोगमार्फत छिटो व्यवस्थापन गर्न चाहेको छ ।
त्यस्तै आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त भएको कार्यभार तोकिएको पत्र पढेर सुनाउनेलगायत कार्यलाई सम्भावित कार्यसूचीमा राखिएको छ ।
यस्तो छ आजको संसद बैठकको सम्भावित कार्यसूची