सरकारमा सहभागी हुन कांग्रेसले बनायो मन्त्री छान्ने मापदण्ड

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज बसेको समितिको बैकले प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको छनोट गर्न मापदण्ड समेत बनाएको छ । मन्त्री बन्ने व्यक्तिको योगदान, प्रादेशिक सन्तुलन, समावेशीतालगायत विषयमा मन्त्रीको योग्यता मापन हुने छ । त्यही मापण्डका आधारमा कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको छनोट गर्ने छ ।

वर्तमान सरकारले संविधानको रक्षा गर्दै शान्ति, सुव्यवस्था र विकासका कामलाई प्राथमिकता दिने विश्वाससहित सरकारमा सामेल हुने लागेको प्रवक्ता महतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *