महेन्द्र मोरङ क्याम्पसमा खस्यो ५४ प्रतिशत मत
मकालु खबर
२०७९ चैत ५ गते
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा करिब ५४ प्रतिशत मत खसेको छ। स्ववियु निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय अबधिमा सो मतदान भएको हो ।
५ हजार ८ सय २५ जना विद्यार्थी मतदाता रहेको क्याम्पसमा ३ हजार १ सय ६६ मत खसेको महेन्द्र मोरङ स्ववियु निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। महेन्द्र मोरङमा नेवि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी प्रतिस्पर्धामा रहेका छन् । बिहान ९ः५० देखि शुरु भएको मतदान साँझ ४ बजेसम्म संचालनमा रहेको थियो । निर्धारित समयमा ५४ प्रतिशत मत खसेको हो ।
त्यस्तै विराटनगरको नर्सिङ क्याम्पस र स्नातकोत्तर क्याम्पसमा पनि शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
मकालु खबर
२०७९ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित