आज विश्व भँगेरा दिवस, रोचक ६ तस्बिरहरू

काठमाडौँ । भँगेरा खैरो रङको, कोटेरो वा फिस्टो चरा जस्तै सानो एक जातको चरा हो । यसको वैज्ञानिक नाम ‘Passer domesticus Linnaeus’ र अङ्ग्रेजीमा यसलाई ‘House Sparrow’ भनिन्छ ।

भँगेरा विशेष गरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालहरूमा गुँड बनाई बस्दछ । तर आजका खटप्वाल भएका परम्परागत घरहरू कम हुँदै गएकाले यो प्रजातिको चरालाई गुँडको सङ्कट हुँदै आएको छ । आजकाल काठमाडौँ उपत्यका लगायतका घना बस्ती भएका सहरहरूमा भँगेराहरू टेलिफोन, इन्टरनेटका रुमलिएका तारहरूको जालोमा गुँड बनाएर बस्ने गरेको पाइन्छ ।

भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना जोगाउन सन् २०१० देखि मार्च २० तारिकमा विश्व भँगेरा दिवस मनाउन थालिएको हो । भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हरेक वर्ष आजको दिन भँगेरा दिवस मनाउँदै आइरहेको छ । केही वर्ष यतादेखि नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको हो । यसपालिको भँगेरा दिवसको नारा ‘भँगेरामै छ जे छ’ राखिएको छ ।

केही तस्बिरहरू:-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *