यति छिट्टै विश्वासको मत फेरि लिनुपर्ला भनेर सोचेकै थिइँन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै विश्वासको मत फेरि लिनुपर्ला भनेर नसोचेको उनले बताएका छन् । संसदमा विश्वासको मत माग्न प्रस्ताव राख्दै सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘११ पुसमा गठन भएको सरकारलाई यो संसदबाट अभूतपूर्व विश्वासको मत प्राप्त भएको थियो,’ उनले भने, ‘त्यसयता सुशासन र विकासमा सरकार क्रियाशील थियो । यही सन्दर्भमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । राजनीतिक स्थिरताको अपेक्षाका साथ नयाँ सरकार गठन भएको थियो । सरकारका मन्त्री र प्रधानमन्त्रीबीच सम्बन्ध राम्रै थियो । चौतर्फी निराशा र हताशालाई चिर्दै जनतामा आशा पनि जगाएको थियो । तर, राष्ट्रपतिमा राष्ट्रय सहमति जुटाउनु पर्ने मेरो प्रस्तावपछि एमाले, राप्रपा र रास्वपाले विस्वासको मत फिर्ता लिनु भयो । के कारणले विश्वासको मत फिर्ता लिनु भयो उहाँहरुले भन्नुभएको छैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको निर्णय ठिक थियो भनेर पुष्टि गर्न खोजेपछि आफूलाई ठूलो अस्थिरता देशमा भित्र्उन लागेको भन्ने लागेको उनले बताए ।