संसदको पूर्ण कार्यकालका लागि यो गठबन्धन निर्माण गरेका हौँ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको पूर्ण कार्यकालका लागि वर्तमान सत्ता गठबन्धन निर्माण गरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वसाको मत पाऊँ भन्दै संसदमा राखेको प्रस्तावका विषयमा आफ्नो धारणा राख्दै देउवाले यस्तो बताएका हुन् ।
संसदको अघिल्लो कार्यकालमा संसद र संविधानकै रक्षाका लागि सर्वोच्च अदालतको फैसला अनुसार आफू प्रधानमन्त्री बनेको उनले बताए । पछिल्लो संसदको कार्यकालको सुरुमै पनि संसद विघटनको विषय सही हो भन्ने आशयको धारणा एमालेवाट आएपछि संसदको पूर्ण कार्यकालका र स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताए ।
आफ्नो नेतृत्व सरकारले नेपालमा ऊर्जा विकास, रसायनिम मलको समस्या समाधान गर्ने काम गरिएको, तीनै तहको नर्विाचन गराउने, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत निर्वाचनहरु सम्पन्न गरेको उनले बताए ।
उनले प्रचण्डले राखेकाे विश्वासकाे मत पाउँ भन्ने प्रस्तावकाे पक्षमा मतदान गर्ने बताए । उनले नेपाली कांग्रेस सरकारमा समेत सहभागी हुने बताए ।