लाखौँ युवालाई स्वदेश फर्काउन चाहने रवि लामिछानेलाई सबै मिलेर लखेटियो : डिपी अर्याल

काठमाडौँ । रास्वपाका नेता डोलप्रसाद अर्यातले पार्टी सभापति रवि लामिछानेलाई सबै मिलेर लखेटिएको बताएका छन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दै राखेको प्रस्तावबारे बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विदेशमा रहेको ४० लाखभन्दा धेरै नेपाली जस्ता अवसरको खोजीमा विदेश गएका र राम्रो व्यवस्था हुँदाहुँदै देशमै केही गर्नुपर्छ भनी नेपाल फर्केका हुन् हाम्रा सभापति रवि लामिछाने,’ उनले भने, ‘उनले भुइँमान्छेकै लागि पत्रकारिता पनि गरेका हुन् । मुलुकबाहिर गएर पसिना बगाइरहेका नेपालीलाई देशभित्रै फर्काएर देशभित्रै सम्भावना खोज्ने प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो ।

उनले पुराना दलले नेपाललाई देश छोड्नेहरुको थलो बनाएको बताए ।

‘मुलुकलाई सकेजति चाँडो छोड्न लाइन लाग्नेहरुको थलो कसले बनायो,’ उनले भने, ‘रविले जस्तै सिधा कुरा गर्ने हो भने यो देशमा राष्ट्रपतिदेखि गरिब आम सर्वसधारणका छोराछोरी पनि कहिल्यै नफर्किने गरी विदेशिएका छन् ।’

उनले प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णय भएको समेत बताए ।

उनले फेरि पनि चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई बढिभन्दा बढी मत दिएर संसदमा पठाउने समेत आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *