प्रचण्डले नयाँ गाडीबाट हामफालेर पुरानै गाडी चलाउन थाल्नुभो : राजेन्द्र लिङ्देन
मकालु खबर
२०७९ चैत ६ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्री दललाई धोका दिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले १० पुसमा एमाले राप्रपासँग गरेको गठबन्धन केही दिनमै छोडेर बाटो मोडेको उनले बताए ।
‘प्रधानमन्त्री ज्यु, सरकारमै रहेको दलसँग सल्लहा नै नगरी नयाँ गाडी चढ्न लाग्नु भएको हो,’ उनले भने, ‘धोका त तपाइँले दिनु भयो । नैतिकता भन्ने चिज पनि यो दुनियाँमा अझै छ भनेर हामीले देखाउन चाह्यौँ । हामीले नैतिकता देखायौँ । लाचार भएर सरकारमा बसेनौँ । सरकार छोडेर प्रतिपक्षमा गयौँ ।’
उनले आफूले ऊर्जामन्त्री हुँदा देशका ऊर्जा क्षेत्रमा गरेका प्रगतिहरुबारे पनि बताए ।
मकालु खबर
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित