संघीयता, गणतन्त्र र संविधानको प्रचण्डबाट रक्षा हुने विश्वास छ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीयता, गणतन्त्र र संविधानको रक्षा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने विश्वासका लागि आफूहले उनलाई विश्वासको मत दिन लागेको बताएका छन् । संसदमा विश्वासको मत माग्दै प्रचण्डले राखेको प्रस्तावबारे धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘संघीयता, गणतन्त्र र संविधानको रक्षाका लागि हामीले प्रचण्डलाई मत हाल्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘गणतन्त्र र संघीयताका लागि निकै संघर्ष गरेको व्यक्ति भएकोले उहाँले यो विषयको रक्षा गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

रासायनिक मलमा दिइआएको अनुदान कटौती गर्ने निर्णयप्रति आफ्नो पार्टीको असहमति भए पनि अहिले उक्त अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *