विकासको नयाँ माेडेल ‘घरबेटी’लाई पुनः ठेक्का दिने त होइन ? : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासतको मत दिने पार्टीका घोषणा पत्रअनुसार न्युनतम सझा कार्यक्रम तयार पारेर आज संसदमा छलफल हुनुपर्नेमा त्यसो नभएको बताएका छन् ।

‘पूँजी पलायनविरुद्ध निर्णायक हस्तक्षेपको चर्चा गर्नु त चोरलाई चौतारो जस्तो हो, हस्तक्षेप भएर प्रगति भएको तथ्य संसदलाई जानकारी दिनुपर्ने थियो,’ उनले भने, ‘विकासको नयाँ मोडेल घरबेटीलाई पुनः ठेक्का दिने त होइन ? भक्तपुर–नगरकोट ८ वर्षभो बनेको छैन । दुवाकोट–कलमसीको सडक अझै बनेको छैन । पर्यटन विकासमा यसले अवरोध गरेको छ ।’

उनले खुमलटारमा रहेका प्रचण्डकाे घरबेटीले ठेक्का लिएकाे सडक लामाे समयदेखि नबनेकाे प्रति व्यंग्य गर्दै संसदमा यस्ताे बताएका हुन् ।

राष्ट्रिय सहमतिको अर्थ ३ पार्टी मिलेर प्रधानमन्त्री भाडबण्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा होइन ।

भारतसँग व्यापार सम्झौताको अर्थ नेपालको विजुली सस्तोमा भारतलाई दिने, महँगोमा भारतबाट किन्ने, बिषादी हालेको तरकारी नेपाल भित्र्याउने होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *