म सोझो भएर ओलीले हेप्नुभयो, अनि कांग्रेससँग लभ पर्यो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सोझो भएकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेपेको बताएका छन् । संसदमा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
‘म खोज्दै बालकोट गएको चाहिँ होइन,’ उनले भने, ‘यो गठबन्धन नै गतिलो छ भन्दै म यतै बल गर्दै थिएँ । तर, तपाइँहरुले उता तान्दै हुनुहुन्थ्यो । के के भन्नु भयो, कांग्रेसलाई के के भन्नु भयो त्यो तपाइँहरुलाई नै थाहा छ ।’
एमालेले दुईतिहाई नजिकको सरकार गुमाएको, प्रदेशका सरकारहरु गुमाएको र सबै गुमाएको कारण आत्बोध भएर एमालेले बोलायो भन्ने ठानेर आफू बालकोट गएको उनले बताए । तर, संसदमा आएर केपी ओलीले संसद विघठन ठिक थियो भनेर प्रमाणित गर्न खोजेपछि कांग्रेससँग लभ परेको बताए ।
‘आफ्नै नेतृत्वको सरकारले जब संविधानमाथि नै घात हुने गरी अघि बढ्यो, त्यसपछि त्यहाँ बिग्रह हुनु नै थियो, भयो,’ उनले भने, ‘कांग्रेससँग गठजोड गर्नुपर्ने बाध्यता आइलाग्यो । धेरै ठूलो छलफल गरियो । संविधानको गणतन्त्रको र सबै परिवर्तनको संस्थागत गर्ने शक्ति नै एक ठाउँमा हुनुपर्ने बुझिएपछि हामीले त्यो निर्णय लिइएको हो ।’
उनले मञ्चमा आएर तर्क गर्दैमा यस्तो नहुने उनले बताए ।
आफूहरु युद्धबाट शान्तिमा आएकोले अहिले लोकतन्त्रको नयाँ अभ्यास गर्ने र समावेशी संसदमा बसेर छलफल तथा आलोचना गर्ने अवसर पाएको बताएका छन् ।
‘हामी युद्धबाट शान्तिमा आएपछि विकासको नयाँ दिशा दिन र स्थायित्व कायम गर्न विचार मिल्नेहरुसँग सहकार्य गर्ने नीति लियौँ,’ उनले भने ।