सम्मानजनक भूमिकाका साथ सरकारमा सहभागी हुने लोसपाको निर्णय
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक भूमिकाका सथा सहभागी हुने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको दल लोसपाले बिहीबार अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बैठक बसेर यस्तो निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका बरिष्ठ नेता शरदसिंह भण्डारीले गठबन्धनमा रहेका दललाई सरकारमा सम्मानजनक भूमिकाका साथ सहभागी गराउनु पर्ने बताए ।
४ मंसिरको निर्वावाचन अघिको ५ दलीय गठबन्धन नै अहिले व्यँतिएकोले यो गठबन्धनलाई पूरै ५ वर्ष टिाउन आफूहरुको भूमिका हुने उनले बताए ।
‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो,’ उनले भने, ‘सरकार गठन प्रक्रियाबारे पनि छलफल भएको छ। हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ । गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ ।’
संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनृे निर्णय समेत बैठकले गरेको उनले बताए ।
‘उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ,’ उनले भने, ‘बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो ।’