धनकुटाका एमाले कार्यकर्ता भन्छन्-आसन र भाषण घटाएर प्रभावकारी काम गरौँ

विराटनगर । नेकपा एमालेका जनसंगठनहरूले पार्टीका कार्यक्रमहरू प्रभावकारी हुनु पर्ने बताएका छन् ।

नेकपा एमाले धनकुटाले आयोजना गरेको मिसन ग्रासरूट अनुसार पार्टी सुदृढीकरण तथा विस्तार अभियानको क्रममा धनकुटामा भेला भएका जन संगठनका नेता पार्टीका कार्यकर्ताले पार्टीका कार्यक्रमलाई  ग्रहण भन्दा पनि विषय केन्द्रित कार्यक्रममा ध्यान केन्द्रित गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।

युवा संघ नेपाल नेपालका अध्यक्ष प्रविन पोख्रेलले पार्टी भित्र आसन ग्रहणलाई घटाउने प्रशिक्षण र अभियानलाई बढाउनु पर्ने बताए ।  उनले धनकुटामामा रहेका पार्टीका सबै २२ वटा जनसंगठनका बिचमा समन्वय गरेर काम गर्न पनि आग्रह गरे । एक आपसमा चिनजान र मित्रता समेत नभएको अवस्थामा गतिविधि हुन सकेको थिएन, उनले भने, ‘मिसन ग्रासरूटले सबैलाई एक ठाउँमा जोड्ने काम गरेको छ, हामीलाई काम गर्न हौस्याएको छ ।’ उनले हरेक ६ महिनामा जनसंगठनका बिचमा समन्वय बैठक गर्नुपर्ने बताए  । युवा संघले पालिका लक्षित अभियान चलाउने संगठन रहेको उनले बताए । अनेमसंघ धनकुटाकी अध्यक्ष तारा तितुङले नागरिकका चाहनालाई पहिचान गरेर त्यसको आधारमा कामलाई प्रभावकारी कसरी बनाउने भन्ने बारेमा संगठनहरूमा काम हुने गरेको बताइन् ।

नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्र मणि पराजुलीले जनसंगठन समन्वय संयन्त्र रहेको जानकारी गराए । विधानमा भएको व्यवस्थामा जनसंगठन समन्वय संयन्त्र बनाउने भन्ने छ, उनले भने, ‘पार्टीले व्यवस्था गरे अनुसार २३ वटा छन् यी सबैको समन्वयको काम पार्टीले गर्छ ।’ उनले जनसंगठनहरू स्वायत्त रूपमा परिचालित हुन नपाउने भएपनि पार्टीको अभियान, निजी बिचार र कार्यक्रममा सहभागी हुने अभियानलाई सफल बनाउनु पर्ने बताए  ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेशका सह इन्चार्ज जीवन घिमिरेले पार्टीको नीतिमा जनसंगठनको भूमिका हुने बताए । स्थानीयको भावना र चाहना अनुसार जन संगठन बनाउने र त्यसको आधारमा गतिविधि बढाएर जनजनको मन छुने गरी काम गर्न सक्नु पर्ने बताए । एमालेको जनसंगठनमा बस्ने नेता तथा कार्यकर्ताले पार्टीको नीति अध्ययन गरेर  त्यसलाई पूर्णता दिन सबै लाग्नु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *