कांग्रेसबाट तनहुँ– १ मा गोविन्द भट्टराईले उम्मेदवारी दिने
मकालु खबर
२०७९ चैत १२ गते
काठमाडौँ । कांग्रेसका सांसद रहेका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली भएको तनहुँ १ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टरईलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनलाई उम्मेदवार बनाउने सहमति गरेको हो ।
नेविसंघको अध्यक्ष, नेपाल तरुण दलका उपाध्यक्षसमेत भएका उनी लगातार ३ पटक केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
भट्टराईलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने तयारी छ । साझा उम्मेदवार भए भट्टराईको जित निश्चित रहेको बताइन्छ ।
मकालु खबर
२०७९ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित