अमेरिकी सेनाको २२ सदस्यीय टोली नेपालमा
काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने द्विपक्षीय सैन्य छलफलका लागि २२ सदस्यीय अमेरिकी सेनाको टोली नेपाल आएको छ ।
दुइदेशको सेनाबीच १३ चैतदेखि हुने छलफलका लागि अमेरिकी सेना नेपाल आएको हो । । सन् २०१८ देखि हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको यस्तो छलफल यस पटक काठमाडौँमा हुन लागेको हो ।
गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको हवाइमा भएको थियो ।
यस पटकको छलफलमा शान्ति सुरक्षा कायम, मानवीय सहायता र विपद् व्यवस्थापन तालीम, विज्ञता आदानप्रदान जस्ता विषय रहेका छन् ।
कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिवरउप सचिवहरुका साथै नेपाली सेनाका रथीहरू तथा अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी हुने नेपाली सेनाले जनाएको छ । उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोक राज सिग्देलले गर्ने भएका छन् ।
अमेरिकी सेनाको पीस कमाण्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डको टोली वार्तामा रहेन छ ।