बालेन बाेले– पशुपति धर्मशालामा बसेर शान्तिवाटिकामा आन्दोलन गर्नुस्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बास बस्ने र खाना खाने प्रबन्ध मिलाएको बताएका छन् । मातातीर्थबाट खुलामञ्चमा बस्नेगरी आएका मिटर ब्याज पीडितले मेयर साहविरुद्ध चर्को नाराबाजी सुरु गरेपछि सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेख्दै उनले यस्तो जानकारी गराएका हुन् ।
पीडितले खुलामञ्चमा बस्न खोजेपछि मञ्चको गेटमा ताला लगाएर मेयर साहले नगरप्रहरी तैनाथ गरेका छन् । पीडितले गेटमै बसेर बालेनविरुद्ध नारालगाउन थालेपछि उनको यस्तो स्पष्टीकरण आएको हो ।
उनले पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै रत्नपार्क छेउको शान्तिबाटिकामा पीडितले विरोध प्रदर्शन र आन्दोलन गर्न सक्नेगरी व्यवसथ मिलाएको पनि बताएका छन् ।
उनले मिटर ब्याजीलाई सरकारले छानबिन गरी कारवाहीको दायरामा ल्याउनु पर्ने र पीडितले सँधै काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने समेत बताएका छन् । उनले गाउँगाउँमा सरकार पुग्नुपर्ने भन्दै काठमाडौँ आउनु नपर्ने व्यवस्था गर्न माग गरेका छन् ।
यस्ताे छ स्टाटस