२ लाख राशीको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको २ लाख राशी रहेको राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको र पहिलो पटक पुरस्कार प्रदान गर्न लागिएको हो ।

‘नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा ६ दशकभन्दा बढी समयदेखि अनवरतरुपले साधनारत् ज्येष्ठ गीतकार श्री किरण खरेललाइ समर्पण गरिने जानकारी गराउँदछौँ,’ परिवारले विज्ञप्ती जारी गरी भनेको छ ।

पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गर्ने कार्यविधि बनाइएको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । यही वैशाख १६ गते विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *