कांग्रेसबाट अलग भएको स्वर्णिमको घोषणा

काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । समाजिक सञ्जालमा केहीबेरअघि एक स्टाटस लेख्दै उनले कांग्रेसबाट आफू अलग भएको घोषणा गरेका हुन् ।

विश्व अर्थतन्त्र बुझेका प्रभावशाली अर्थविद्का रुपमा परिचित डा. वाग्ले प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाको पालामा गरी २ पटक राष्ट्रिय योजना आयोगमा रहेर काम गरेका थिए ।

उनले नेपाली कांग्रेससँग २०४२ सालको सत्याग्रह आन्दोलनदेखिको र परिवारको ५० वर्षदेखिको संलग्नता रहेको भन्दै आफू कांग्रेसबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

उनले प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षणमा नेपाली कांग्रेसमा योगदान गर्दै आएका थिए ।

उनले भनेका छन्– ‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

कांग्रेसमा मौलाएको विकृतिबारे कडा शब्दमा आफूले भोगेका तथ्यहरु राख्दै उनले अब नयाँ सार्वजनिक भूमिका सक्रिय हुने बताएका छन् ।

‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।

यस्ताे छ डा. वाग्लेकाे घाेषणा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *