रियालिटी शो ‘दोहोरी आइडल’को भोटिङ पार्टनरमा इसेवा

काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरूलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ । डिजिटल अडिसन सकिएको आयोजनले जनाएको छ ।

यसैबिच आयोजकले भोटिङ पार्टनरको रूपमा इसेवा जोडिएको जानकारी गराएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलोपटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । दोहोरी आइडललाई डिएआर मुभिजले अअन्तर्राष्ट्रिय फर्म्याटमा पनि दर्ता गरी सकेको धितालले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *