नयाँ मन्त्रीहरुको शपथ ३ बजे, थालियो तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसका लागि राष्ट्रपति कार्यालयमा मञ्च व्यवस्थापनको काम सुरु भइसकेको छ ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार शपथ ग्रहणका लागि मञ्च व्यवस्थापनको तयारी सुरु गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सकेसम्म मन्त्रिपरिषद्लाई एकै चरणमा पूर्णता दिने प्रयास गरिरहेका छन् ।

मन्त्रिपरिषद् विस्तार र शपथग्रहणबारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामवरण यादवलाई शीतल निवासमै भेट गरेर जानकारी दिइसकेका छन् ।

मन्त्रिपरिषद्मा सत्ता गठबन्धनबाट कांग्रेसका ८, माओवादी कैन्द्रका ५, जसपाका २, एकीकृत समाजवादीका २, जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीका १/१ जना मन्त्री बनाउने गरी सहमति भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *