खानेपानी मन्त्री खानले दिए राजीनामा, जनमत पार्टी सरकारबाट बाहिरिने संकेत
मकालु खबर
२०७९ चैत १७ गते
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत पार्टीका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन् ।
जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो । तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ । अहिले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालय फेरि खानले उद्योग मन्त्रालय माग गरेका थिए । तर, उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
खान ११ पुसमा नेकपा एमालेको नेतृत्वमा बनेको ७ दलीय गठबन्धनको सरकारमा मन्त्री बनेका थिए ।
पार्टीकै निर्देशन अनुसार आफूले राजीनामा दिएको खानले बताएका छन् । खानको राजीनामासँग जनमत पार्टी समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरिने संकेत गरेकाे छ । यसका लागि अहिले पार्टीको बैठक बसिरहेको छ ।
मकालु खबर
२०७९ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित