पत्रकारमैत्री कानुन निर्माणमा सहयोग गर्छु : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित रिपोर्टर्स क्लव नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए ।

उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *