तनहुँमा कांग्रेसबाट टिकटका आकांक्षीले पार्टी छोडे
मकालु खबर
२०७९ चैत १७ गते
पोखरा । तनहुँमा नेपाली कांग्रेसका २ नेताले पार्टी परित्याग गरेका छन् । कांग्रेस तनहुँका जिल्ला सदस्य केशवनाथ खनाल र आँबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थले पार्टीबाट राजीनामा दिएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी त्यागेको घोषणा गरेका छन् ।
पार्टीसिद्धान्त अनुसार नचलेको र व्यक्तिवाद हाबी भएको आरोप उनीहरूको छ । पन्थ उपचुनावमा टिकटका आकांक्षी थिए । टिकट नपाएपछि उनले पार्टी छोडेका हुन् ।
कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपचुनावमा टिकट दिएको छ । यसअघि भानुका उपसभापति श्याम जिसीसहित केही नेताहरूले पनि कांग्रेस छोडेका छन् ।
मकालु खबर
२०७९ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित