राजन काफ्ले ‘उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

२०७९ चैत १८ गते

काठमाडौँ । यस वर्षको ‘उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार २०७९’ बाट फोटो पत्रकार राजन काफ्ले सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा काफ्लेलाई उक्त सम्मान प्रदान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । डेढ दशकदेखि पत्रकारितामा सक्रिय काफ्ले नेपाल टेलिभिजन, च्यानल नेपाल, कान्तिपुर टेलिभिजन हुँदै विभिन्न अनलाइन तथा छापा माध्यममा काम गरिसकेका छन् ।

२०७९ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित