लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु, एकजना घाइते
मकालु खबर
२०७९ चैत १९ गते
पोखरा । मुस्ताङमा एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको मृत्यु भएको हो ।
२२ जनाको टोली गएकोमा अर्का एकजना घाइते भएका छन् । थाङ्ला जोमसोमबाट मुक्तिनाथ जानेक्रममा रानीपौवा बसपार्कमा लेक लागेर बेहोस भएकी थिइन् ।
उपचारका लागि जोमसोम अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् पनि लेक लागेर घाइते छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
मकालु खबर
२०७९ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित