१२औँ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीले मनाए ‘स्याम्पेन’ उत्सव (भिडिओ)

काठमाडौँ । मन्त्री बनिसकेपछि बधाई थाप्नु, खुसी साटासाट गर्नुलाई सामान्य रूपमा लिन सकिन्छ । त्यो प्रायः सबैजसो नेताहरूले गरिरहेकै हुन्छन् । त्योभन्दा ठूलो पार्टी र उत्सव पनि मनाउँछन् होला, गोप्य रूपमा । तर, प्रचण्ड क्याबिनेटमा मन्त्री बनेका एक नेताले उत्सव मनाएका छन् ।

१२औँ पटक मन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले ‘स्याम्पेन’ उत्सव नै मनाएको भिडिओ सार्वजनिक भएको छ ।

उनले एक समारोहको आयोजना गरेर मन्त्री बनेकामा खुसीयाली साटेका हुन् । खुसी साट्दै गर्दा उनले ‘स्याम्पेन’ खुवाइदिएको भिडिओमा देखिन्छ । उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

भण्डारीले शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।

भिडिओ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *