दलितले छोएको भन्दै पाकिरहेको खाना पोखिदिने जनप्रतिनिधि पक्राउ
मकालु खबर
२०७९ चैत १९ गते
पोखरा । जातीय विभेदको आरोपमा कास्कीबाट एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछाने पक्राउ परेका हुन् । उनीबिरुद्द स्थानीय सन्तोष परियारका छोराहरुको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ ।
ब्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीकका नारायण दमाई परियारलाई जातीय विभेद हुने गालीगलौज गरी पाकिरहेको खाना पोखिदिएका थिए ।
सम्बन्धित समाचार
बाहुनको भान्सामा दलितले छोएको भन्दै जब जनप्रतिनिधिले नै पाकिरहेको खाना घोप्ट्याइदिए…
मकालु खबर
२०७९ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित