चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताएका छन् ।

उनले आइतबार रामचन्द्र संघाईको प्यानल घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन जित्न रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताएकी हुन् । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाई योजना नबनाई टिम घोषणा गरेको बताइन् ।

उनले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताए । संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताए । उनले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताइन् । उनले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभई दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताइन् ।

‘निर्वाचन जित्न कुन समूहमा सहज हुन्छ त्यसमा जाने हो । मलाई संघाईको टिममा सहज लागेर आएको हुँ,’ उनले भनिन्, ‘धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ । म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन ।’

उनले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताइन् । उनले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदाता व्यवसायीको समस्यामा नेतृत्वदायी भूमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गरिन् । उनी गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गरेकी छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *