डिसहोममा आइपीएल क्रिकेट २०२३ एचडी क्वालिटीमा हेर्न सकिने 

काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आईपी टिभीको सेवा शुभारम्भ गरेको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी, एचडी आइपीटीभी, ट्रेसट्रेयल र डिटिएच भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल बेस भएको यस आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपिएल एचडी क्वालिटीमा हेर्न सकिन्छ ।
यस्तै अन्तर्राष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफूले चाहेको समयमा हेर्न सकिन्छ ।
लाइभ टिभीमा दैनिक विभिन्न स्पाेर्ट्स, सिरिज, मुभिहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल ‘भाग्य सिंदुरको’ र ‘आनन्दी’ हेर्न सकिन्छ । साथै अन्य सेवा प्रदायकसँग उपलब्ध नभएको सट्स टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरू लगायत २०० भन्दा बढी टिभी च्यानलहरू पनि हेर्न सकिन्छ । ५ हजार घण्टा भन्दा बढी विभिन्न कन्टेन्टहरू, भिडियो अन डिमान्ड, क्याच–अप ओभर टिभी÷स्टार ओभर टिभी÷युट्युब÷टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।
इन्टरनेट प्रोटोकल ९आइपी० नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरूले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर एच डि फाइभर नेट जडान गरेर नेपालको पहिलो प्रिमियम आईपी टिभी एच डि आइपीटिमा एक्सक्लुसिभ, प्रिमियम, एचडिटिभी च्यानलहरूको मज्जा लिन सक्नेछन् ।
हाम्रो ग्राहकहरूले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा विश्वास लिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *