मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने
मकालु खबर
२०७९ चैत २१ गते
काठमाडाैँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । एमाले संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सरकारबाट बाहिरिने तयारी भएको एमालेका एक नेताले बताए ।
संघमा एमाले इतरको सत्ता गठबन्धन बनेपछि प्रदेशहरुमा पनि एमाले इतरका सरकार बनाउन थालिएको छ । यसै मेसोमा आफू प्रतिपक्षमा बस्ने गरी एमाले मधेस सरकारबाट पनि बाहिरिने तयारी गरेको हो ।
४ जना मन्त्रीसहित सरकारमा रहेको एमालेले २७ पुसमा जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवलाई समर्थन गरेर सरकारमा सहभागी भएको थियो ।
मकालु खबर
२०७९ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित