चाहिने परिमाणमध्ये ७५ प्रतिशत मल ल्याउन सम्झौता भइसकेको छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आवश्यक मल मध्ये ७५ प्रतिशत परिमाणको मलको आपूर्ति गर्न टेण्डर भइसकेको बताएका छन् ।

त्यसका लागि सम्झौता भइसकेको र आउने क्रम पनि सुरु भइसकेको उनले बताए । तर, मलको आपूर्तिमा सप्लायर्सको पनि हात हुने भन्दै उनले कहिलेसम्म आइपुग्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए । राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मल आउन ढिलो हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा भन्दै उनले छिटो कसरी ल्याउन सकिन्छ भन्ने विषयमा सांसदहरुबाट स्पष्ट सुझाव आउनु पर्ने उनले बताए ।

नयाँ आर्थिक वर्षका लागि सरकारले नीति तथा कार्यक्रम बनाउन सुरु गरेकोले उक्त नीति तथा कार्यक्रममा समावेश गर्नका लागि पनि सांसदहरुको सुझाव आवश्यक हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *