रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सर्‍यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरसम्बन्धी मुद्दाको सुनुवाइ सरेको छ ।

उक्त मुद्दाको सुनुवाइ गर्न मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशमा पेशी तोकिएको थियो । तर न्यायाधीश सिन्हाले संवैधानिक इजलाशमा रहेर आफूले रविको मुद्दा हेरेको भन्दै सुनुवाइ गर्न इन्कार गरेका हुन् ।

सिन्धुलीका युवराज पौडैल ‘सफल’ले महान्यायाधीवक्ताको कार्यालयसहितलाई विपक्षी बनाउँदै दायर गरेको रिट अदालत प्रशासनले सोमबार दर्ता गरी मंगलबारका लागि न्यायाधीश सिन्हाको इजलाशमा पेशी तोकेको थियो ।

रविले अमेरिकी नागरिक हुँदा वैध नरहेको नेपाली नागरिकताकै प्रयोग गरेर १३ जेठ २०७२ मा लिएको नेपाली राहदानी अवैध भएको र राहदानी दुरुपयोग गरेको भन्दै उनीविरुद्ध कारवाहीको माग गर्दै सफलले रिट दायर गरेका थिए ।

यही मुद्दामा १७ माघमा सफलले प्रहरीमा रविविरुद्ध जाहेरी दिएका थिए । तर, प्रहरी र सरकारी वकिलको कार्यालयले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ताको कार्यालयमा सिफारिस पठाएका थिए । यही सिफारिसका आधारमा महान्यायाधिवक्ताको कार्यालयले पनि उनी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यही निर्णयविरुद्ध सफलले रिट हालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *