जसपाको विधान अधिवेशन सर्यो

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको विधान अधिवेशन सरेको छ ।

पार्टीले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा विधान अधिवेशन गर्ने गरी नयाँ मिति तय गरेको छ ।

निर्धारित समयमा विधान अधिवेशन गर्न आवश्यक तयारी नपुगेको भन्दै अधिवेशन सरेको पार्टी सचिवालयले जनाएको छ ।

हाल १० वैशाखमा हुने उपनिर्वाचनको समेत तयारी चलिरहेकोले अधिवेशन स्थगित गरिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *