भ्रष्टाचार र दिशाहीनता नै सरकारको १०० दिनको उपलब्धि : सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचार र दिशाहीनता नै सरकारको १०० दिनको उपलब्धि भएको बताएका छन् । सरकारले सय दिन पूरा गरेको अवसरमा सरकारले जारी गरेको ३७ बुँदाको अध्ययन गर्दा कुनै उपलब्धि नदेखिएको उनले बताए ।

सरकारले भ्रष्टाचारलाई बढावा दिएको र देशको आर्थिक–सामाजिक विकासका लागि स्पष्ट दिशा निर्धारण गर्न नसकेको बताए ।

‘सरकार बनेयता कत बच्चा जन्मिए, कति मिलिलिटर पानी पर्यो, कति पटक घाम लाग्यो जस्ता कुरा पनि राखिएको भए हुन्थ्यो,’ उनले व्यंग्य गर्दै भने, ‘आठ–नौ भाई मिलेर टिकेको यो सरकारले सय दिनमा मन्त्रिपरिषद् त विस्तार गर्न सकेको छैन अरु के गर्न सक्छ । निर्देशन दिएको, योजना बनाउन लागिएको यस्तो पनि हुन्छ उपब्धि ? देशको संकटपूर्ण अर्थतन्त्रको बारे केही बोलेको छैन ।’

अर्को प्रसंग कोट्याउँदै उनले केही वर्षपछि सरकारको मातहतमा आउने टेलि कम्युनिकेशन कम्पनी एनसेललाई सरकारको स्वामित्वमा आउन नदिन विधेयक ल्याउने कसरत सरकारले गरिरहेको बताए ।

‘एउटा जलविद्युत् कम्पनी त २५ देखि ३० वर्षपछि सरकारको स्वामित्वमा आउँछ भने २०८६ मा सरकारकाे स्वामित्वमा आउनु पर्ने एनसेललाई कानुनै फेरेर  सरकारको स्वामित्वमा आउनै नदिने कसरत सरकारले गरिरहेको छ,’ उनले भने, ‘सञ्चार माध्यमले यसबारे समाचार लेखिरहेको भए पनि सरकारले केही जवाफ दिँदैन । यसकाे विराेध गर्ने एक सचिवलाई मन्त्रालयबाटै सरूवा गरियाे । अख्तियारले यो मस्यौदामाथि छानविन गरोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

सांसद पन्तले केही आपत्ति जनक शब्द समेत बोलेर सम्धोन गरेका भन्दै विपक्षी दलका केही सांसदले नियमापत्तिसमेत जनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *