भ्रष्टाचारको अनुसन्धान गर्ने विषय न्यूनतम साझा कार्यक्रमबाट किन हट्यो ? : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारमा रास्वपा सम्मिलित भएका बेला ल्याइएको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषय अहिले हटाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार संसदको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हुन त प्रधानमन्त्री ज्युले न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिकै बनेको बताउनु भयो,’ उनले भने, ‘हामी सरकारमा हुँदा ल्याइएका साझा कार्यक्रम अहिलेको न्युनतम साझा कार्यक्रमबाट किन हट्यो ?’

बलात्कारसम्बन्धी मुद्दाको द्रुत छिनोफानो गर्ने विषय न्युनतम कार्यक्रमबाट हटाइएको भन्दै उनले आपत्ति जनाए । त्यस्तै, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान र छानविन गर्ने कार्यक्रम किन हटाएकोले सरकारको सम्बन्ध भ्रष्टाचारीसँग रातारात सम्बन्ध जोडिन लागेको हो कि भन्ने आशंका उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *