ब्युटी पार्लरको आडमा यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

जनकपुरधाम । रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्युटी पार्लर सञ्चालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटी पार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो । प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ । ब्युटी पार्लर कसले सञ्चालन गरेको कुरा खुल्न सकेको छैन । उक्त ब्यूटी पार्लरमा जुवा समेत खेलाउने काम भइरहेको थियो । प्रहरीले तास पनि बरामद गरेको छ ।

अगाडि युवतिको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो । तर कोठाभित्र ब्यूटीपार्लरको काम भइरहेको देखिएको छैन । प्रहरीका अनुसार कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *