गैरी गाउँस्थित सुकुम्वासी बस्तीका स्थानीयद्वारा महानरविरुद्ध विरोध प्रर्दशन
मकालु खबर
२०७९ चैत २४ गते
काठमाडौँ । गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरु विरोधमा उत्रिएका छन् ।
शुक्रबार काठमाडौँ महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर विरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाबिरुद्ध नाराबाजी गरेका थिए ।
महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ । महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौँका बाटोमा रहेका पार्किङ खाली गराउँदै आएको थियो ।
मकालु खबर
२०७९ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित